Wednesday, January 27, 2010

शर्त तोड्दाको परिणाम

कुरा धेरै वर्ष पहिलेको हो । एक गाउँमा बुबा आमा र छोरीमात्र भएको एउटा परिवार बस्थ्यो । एक दिन त्यस परिवारका बुबा आमा छोरीलाईमात्र घरमा छाडेर काममा गए । घरमा रहेकी छोरीले बुबा आमाका लागि खाजा तयार गरेर खेतमा लैजानु पर्ने भयो । एक्लै घरमा रहेकी उनले बडारकुडार गर्ने धन्धा गर्ने जस्ता घरायसी काम गर्दा खाजा तयार गर्न भ्याइनन् । र तिनले मनमनै भनिन्-कोही मलाई काम सघाउने भए कति सजिलो हुन्थ्यो त्यसपछि एउटा आवाज आयो- ु म तिमीलाई सहयोग गर्छु तर एउटा शर्तमा र त्यो हो तिमीले मलाई कहिल्यै पनि हेर्ने कोशिस नगर । किनकि म भूत हुँ । तिमीले मलाई हेरेमा तिमी मर्नेछौ ।ु ती केटीले भूतले भनेबमोजिम शर्त मान्ने बताइन् ।
दिन रात हप्ता महिना वर्ष हुँदै जाँदा पाँच वर्ष वितेछ । एक दिन ती केटीको मनमा एउटा विचार आयो- आजचाहिँ म त्यस भूतलाई हेरेरै छाड्छु त्यो कस्तो हुँदो रहेछ भन्ने कुरा थाहा पाएर अरुलाई भन्नु पर् यो । त्यसपछि उनी भान्छातिर लागिन् । त्यहाँनिर भूतले खाना पकाइरहेको थियो । र ती केटीले भूतको अनुहारमात्र के देखेकी थिइन् उनको तत्काल मृत्यु भयो ।
यो घटनापछि भूतहरुले मानिसलाई कहिल्यै सहयोग नगर्ने निश्कर्ष निकाले । मानिसहरु कसम तोड्छन् र भनेको शर्त मान्दैनन् । त्यसैले नै भूतले मानिसलाई सहयोग गर्दागर्दै नगर्ने अवस्था सिर्जना भयो ।
साथीहरु हामी कहिल्यै शर्त नतोडौं है । फेरि ती केटीको जस्तै हालत होला नि ।

No comments:

Post a Comment